जाजरकोटमा स्वास्थ्य शिविर सञ्चालन
२०७४ जेठ १५ गते

“
जाजरकोट, जेठ २० । जाजरकोटमा भेरी नगरपालिकाले ‘प्रथम मेयर निःशुल्क घुम्ती स्वास्थ्य शिविर’ सञ्चालन गरेको छ ।
भेरी नगरपालिकाको आयोजनामा भेरी नगरपालिका–२ बोहरामा शनिबारदेखि शुरु भएको निःशुल्क घुम्ती शिविरमा एक हजार १३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
मौसम परिवर्तनसँगै विभिन्न रोग देखा परेकाले गाउँ, गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताएका छन् । उक्त अभियान नगरपालिकाका सबै वडामा सञ्चालन गरिनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








