एएचआईसी बिजनेस अवार्डः नेपालबाट १२ कन्सल्टेन्सी सम्मानित

“
काठमाडौँ, जेठ २० । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा नेपालबाट बाट १२ वटा कन्सल्टेन्सी (शैक्षिक परामर्श व्यवसायी) सम्मानित भएका छन् । सम्मानित भएका १२ कन्सल्टेन्सीहरुले नेपालमा रहेर शैक्षिक परामर्श सेवा पुर्याउँदै आएका छन् ।
७ मे मा थाईलेन्डको बैंककमा आयोजित कार्यक्रममा थाईलेन्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारीले १२ वटै व्यवसायीलाई सम्मानित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत अधिकारीले गुणस्तरिय शिक्षा प्रभावकारी ढंगबाट दिनु र दिने प्रतिवद्धतामा अडिक रहन ब्यवसायीलाई आग्रह गरे ।
त्यस्तै हार्वर इन्टरनेशनल कलेजका प्रवन्धक निर्देशक सुमन भेटवालले यो अवार्ड कार्यक्रम सबै समृद्ध उन्मुख हुन पर्छ भन्ने अभियानका लागि आयोजना गरिएको प्रस्ट पारे । उनले नेपालमा विद्यार्थीलाई परामर्श दिने संस्थाहरुको साथ र सहयोगले एएचआईसी यसरी कार्यक्रम गर्न प्रेरित र उत्साहित भएको बताए ।
कार्यक्रममा शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डेले गैरआवासिय नेपाली संघ थाईलेन्डका तर्फबाट भनिन्द्र बस्नेत, नेपाली ब्यवासी सुनिल खड्का लगायत वक्ताले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । काठमाडौँबाट ५० जनाको सहभागिता रहेको अवार्ड कार्यक्रम बैंकक स्थित सेराटन होटलमा संचालन गरिएको थियो ।
कुन कन्सल्टेन्सीले के अवार्ड पाए ?
१, प्रोमोसिङ एजेन्ट तर्फ इन्फर म्याटिक्स कन्सल्टेन्सी
२, वेष्ट कन्भर्जन तर्फ एआइपी
३, वेष्ट सपोटिङ तर्फ ग्लोवल च्वाईस एजुकेशन कन्सल्टेन्सी
४, बिजने एक्सिलेन्स तर्फ ट्रिनिटी एजुकेशन फाउण्डेशन
५, ईमर्जीङ तर्फ रिभोलुसन एजुकेशन
६, कर्पोरेट इन्पोटेन पर्शन तर्फ भिषा काउन्सिल
७, वेस्ट पफमेन्स तर्फ ब्रिलियट एजुकेशन एण्ड करियर सर्भिस
८, कर्पोरेट ईन्पोटेन एजेन्ट तर्फ काठमाडौं ईन्फोसिस एजुकेशन कन्सलटेन्स
९, टप पफमेन्स तर्फ निष्ट
१०, टप ईमर्जङ तर्फ पाथसिड
११, टप रिक्वाडमेन्ट तर्फ एजुकेशन एण्ड मायुग्रेसन कर्नर
१२, मार्केटिङ एक्सिलेन्स तर्फ अर्विट ईन्टरनेशन एजुकेशन कन्सलटेन्सी
“








