मोरङको बेलबारीमा पत्रकार गिरीमाथि सांघातिक आक्रमण

विराटनगर, जेठ २० । मोरङ बेलबारीका पत्रकार दिनेश गिरीमाथि गएराति सांघातिक आक्रमण भएको छ ।

बेलबारी १ स्थित घरमा बसिरहेको अवस्थामा छ जनाको समुहमा आएका व्यक्तिले उनीमाथि सांघातिक आक्रमण गरेका प्रहरीले जनाएको छ ।

रड, ढुंगाको कुटाइबाट पत्रकार गिरीको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । पत्रकार गिरी बेतना एफएम तथा निरन्तर खवर डटकमका सम्पादक हुन् ।

यसैबीच पत्रकार गिरीमाथि अक्रमणमा संलग्न दुई जनालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी १ का विशाल थापा र बेलबारी – ३ का चित्र खड्का रहेका छन् । अन्य चार जनाभने फरार रहेको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विज्ञप्ति जारी गरी पत्रकार गिरीमाथिको आक्रमणको विरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *