काँग्रेसले जारी गरेको धम्कीपूर्ण विज्ञप्तीमाथि पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ, जेठ २० । समाचार प्रकाशन र प्रशारणको बिषयलाई लिएर नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ ले जारी गरेको विज्ञप्ति प्रति नेपाल पत्रकार महासंघ चितवनले आपत्ति जनाएको छ । काँग्रेसले पत्रकारिता जतगलाई नै धावा वोल्ने गरी धम्कीपूर्ण भाषा प्रयोग गरेर विज्ञप्ति जारी गरेको भन्दै पत्रकार महासंघले आपत्ती प्रकट गरेको हो ।

राप्ती नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष देवेन्द्र लामाले समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार खनाल र समग्र पत्रकारितामाथी आँच आउने गरी गालीगलौज र धम्की दिएको विषयमा प्रकाशित समाचारलाई लिएर नेपाली काँग्रेसले शुक्रवार विज्ञप्ती निकालेको थियो ।

कुनै पनि समाचारको विषयलाई लिएर पत्रकारमाथी गाली–गलौज र धम्की दिने प्रवृत्तिप्रति खेद व्यक्त गर्दै कुनै पनि विषयमा समाचार बनाउने वा नबनाउने, कहिले प्रकाशन तथा प्रशारण गर्ने, समाचारको प्रस्तुती कसरी गर्ने भन्ने कुरा सम्पादकीय स्वतन्त्रताको विषय भएको उल्लेख गर्दै कांग्रेस आँफैले सञ्चार माध्मलाई यो बिषयमा हस्तक्षेप गर्न नमिल्ने जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार महासंघले स्वतन्त्र प्रेस लोकतन्त्रको प्रमुख मेरुदण्ड हो भन्ने कुराको हेक्का राख्न राजनीतिक दल र जनप्रतिनिधिहरुलाई विज्ञप्तीमार्फत् आग्रह समेत गरेको छ ।

पत्रकार खनाल र ग्रेट एमएमप्रति दुव्र्यवहार र धम्की दिने वडा अध्यक्ष र पार्टीको क्षेत्रीय समितिलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न महासंघ चितवन शाखाले विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

यसैबीच , पूर्वी चितवन पत्रकार संघ रत्ननगरले पनि शनिवार नै एक विज्ञप्ती जारी गरी नेपाली काँग्रेसले धम्कीपूर्ण रुपमा जारी गरेको विज्ञप्ती प्रति आफ्नु गम्भीर ध्यानर्कषण भएको जनाएको छ ।

संघका अध्यक्ष होमनाथ सापकोटाद्धारा जारी विज्ञप्तिमा संघका सचिव समेत रहेको पत्रकार खनाल र ग्रेट एफएमको समाचारको विषयमा काँग्रेसले निकालेको विज्ञप्ती प्रेस माथि नै धावा बोल्ने र प्रेस स्वतन्त्रता माथि अङकुस लगाउने मानोवृृति भावनाले निकालिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पत्रकार खनाल र ग्रेट एफएमले महसुस गरेको सुरक्षा जोखिममा संवेदनशील वन्न स्थानीय प्रशासनसँग आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *