अमेरिकी निर्णयपछि जी सेभेन बैठकमा व्यापार युद्धको चेतावनी

काठमाडौं, जेठ २० । औद्योगिक राष्ट्रहरूको समूहजी सेभेनका अर्थमन्त्रीहरूले अमेरिकाको कर निर्णएको कडा आलोचना गरेका छन् ।

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर आलोचनाको सामना गर्नु परेको छ ।

जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिनमात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो ।

क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने फ्रान्सले केहीदिनमै व्यापार युद्ध शुरू हुनसक्ने अवस्थातर्फ ध्यानाकर्षण गराएको थियो । तर ट्विटरमा राष्ट्रपति ट्रम्पले आफ्नो देशलाई वर्षौँदेखि अरू देशहरूले व्यापारमा शोषण गरिरहेको उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =