उपचारपछि स्वदेश फर्किए राष्ट्रकवि

काठमाडौँ, जेठ १९ । राष्ट्रकवि माधव घिमिरे नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किएका छन् । उनी एघार दिनपछि घर फर्किएका हुन् ।

उनी दिउँसो २ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

दिल्लीमा इन्डोस्कोपी पछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो ।

उक्त उपचारपछि रक्तस्राव रोकिएसँगै घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =