कार्यालय सहयोगी धिताल २५ हजार घुससहित पक्राउ

चितवन, जेठ १७ । चितवन मालपोत कार्यालयका एक सहयोगी घुससहित पक्राउ परेका छन् । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले  पक्राउ गरेको हो ।

उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु रकम लिएको जनाइएको छ । उनले यसअघि पनि सेवाग्राहीबाट २५ हजार रुपैयाँ लिएको बताइएको छ । प्रहरीले उनीमाथि तीन दिनदेखि निगरानी गरिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *