सुन तस्करी प्रकरणः एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण
२०७४ जेठ १५ गते

“
विराटनगर, जेठ १७ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एसएसपी श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । साढे ३३ किलो सुन प्रकरण अनुसन्धानका क्रममा करिब ३८ क्वीन्टल पुगेको सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका हुन् ।
उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।
प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








