एकतापछि नाम परिवर्तन गर्दै नेकपा, आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्ने

काठमाडौँ, जेठ १७ । दुई पार्टीबीचको एकतापछि गठन गरिएको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ । यसअघि नेकपा अन्डरलाईन नाम राखेको उक्त पार्टीले एमाले र माओवादी केन्द्र एकीकरण पछि निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएपछि नेकपाले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

नाम परिवर्तनका लागि आवश्यक कागजपत्रसहित आजै (बिहीबार) निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने तयारी सो पार्टीले गरेको छ । अब पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा (नेकपा) र अङग्रेजीमा एनसीपी राखिने बताइएको छ ।

निर्वाचन आयोगले नाम पुनर्विचार गर्न भनेपछि नेपाल कम्युनिस्ट पार्टीको अण्डरलाइन हटाएर पछाडि (ने क पा) थप्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + six =