बुटवलमा भोलीबाट ‘मेगा एजुकेशनल फेयर’ सुरु

बुटवल, जेठ १७ ।  बुटवलको सबैभन्दा बृहद् शैक्षिक मेला दोस्रो मेगा एजुकेशन फेयर भोलीबाट सुरु हुँदैछ । वानअपको आयोजनामा हुन गईरहेको मेगा एजुकेशन फेयरमा विद्यार्थीले ABROAD STUDY का विविध विषयमा जानकारी पाउने छन् । कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थी तथा ब्याचलर मास्टर्स गर्न विदेश जाने सोच बनाइरहेका विद्यार्थीलाई सहि काउन्सेलिङ गर्न एजुकेशन फेयर आयोजना गरिएको बताइएको छ ।

ABROAD STUDY का विविध विषयमा विज्ञ तथा मान्यता प्राप्त काउन्सलरबाट विद्यार्थीलाई काउन्सेलिङ गर्न एजुकेशन फेयरको आयोजना गरिएको हो । ‘आजकल बजारमा अनेक थरीका उद्देश्य लिएर कन्सल्टेन्सी खुलेका छन्, कतिपयले विद्यार्थीलाई गलत काउनसेलिङ गर्न सक्छन्, मेगा एजुकेशन फेयरमा नेपाल सरकारबाट मान्यता प्राप्त, सम्बन्धित देश र त्यहाँको कलेज, शिक्षा नितीका विषयमा जानकार विज्ञहरुलाई फेयरमा ल्याउने जमर्को गरेका छौं ।’ फेयरका इभेण्ट म्यानेजर भोला पोखरेलले बताए ।

वुटवल स्थित सिद्धार्थ कटेलमा हुन गईरहेको फेयरमा १५ ओटा एजुकेशनल स्टलहरु रहेका छन् । फेयरमा विद्यार्थीले अष्ट्रेलिया, अमेरिका, बेलायत, न्युजलेण्ड, युरोप, जापान जस्ता उत्कृष्ट शैक्षिक प्रणाली भएका देशका बारेमा जानकारी हासिल गर्न सक्छन् । भने, ती देशहरुको शिक्षा प्रणाली, भिजा प्रक्रिया, लागत, भाषाका तयारी, छात्रबृत्ति लगायतका विषयमा समेत जानकारी पाउन सक्ने इभेण्ट म्यानेजर पोखरेलले बताए ।

अष्ट्रेलियाको प्रतिष्ठित कलेज क्विन्फोर्ड कलेज प्रस्तुतकर्ता रहेको मेगा एजुकेशन फेयरमा आयोजकले पहिलो १ हजार आगन्तुक विद्यार्थीलाई आकर्षक गिफ्ट हेम्पर, लक्की ड्र मार्फत एक जनालाई आकर्षक ल्यापटप दिने बताएका छन् । आयोजकले शुक्रबार र शनिबार हुने फेयरमा धेरै भन्दा धेरै विद्यार्थी र अभिभावकले अवलोकन गर्ने अपेक्षा लिएको छ । उक्त फेयरको टाइटल स्पोन्सर्समा ग्लोवल रिच, इनएशोसिएशनमा बुम¥याङ इन्टरनेशनल रहेका छन् ।

फेयरको मेन स्पोन्सर्सहरुमा इप्लानेट, इम्पल्स इन्टरनेशनल, मेट्स इन्टनरनेशनल, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, काठमाडौं इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, वाइडरेञ्ज इन्टरनेशनल, स्टडी वल्र्ड एजुकेशन कन्सल्टेन्सी रहेका छन् । त्यस्तै अन्य स्पोन्सर्सहरुमा सेन्ट्रल कलेज, स्टडी एक्सप्रेस एजुकेशनल कस्नल्टेन्सी, फस्ट स्टेप एजुकेशनल कन्सल्टेन्सी, भाइ इन्ष्टिच्युट, अस स्टडीज, फोरनेशन इन्टरनेशनल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =