सुन पसलमा सर्वसाधारणको १५ करोड डुब्यो, धेरै परिवार विचल्लीमा

धरान,जेठ १६ । सुनसरीको तरहरामा रहेको सिंहदेवि ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा सर्वसाधारणको बचत स्वरुप राखेको १५ करोड भन्दा बढि डुबेको छ ।.

सर्वसाधारणहरुले महंगो ब्याजको लोभमा ज्वेलर्समा राखेको करोडौ रकम ज्वेलर्सले रकम डुब्यो भन्दै ज्वेलर्स बन्द गरेपछि सर्वसाधारणको बिचल्ली नै भएको छ भने सोही पैसाकै कारण अधिकांसको परिवारमा पारिवारीक कहल नै सुरु भएकोे छ ।

केहि समय अगाडी सिआईबीले पूर्वी नेपालको सुन पसलमा छापा मारे सँगै ज्वेलर्स टाट पल्टे पछि सर्वसाधारणहरुको रुवाबासी हुन पुगेको हो ।

एक ब्यक्तिले १ लाख देखि ४० लाख सम्म राखेको रकम डुबेको हो । ज्वेलर्समा सर्वसाधारणले राखेको करोडौ रुपैया डुुबे पछि सर्वसाधारणहरु तनाबमा हुन पुगेका छन् ।

मकै पोल्ने देखि ठुला ब्यापारीको सम्म पैसा डुबेको भन्दै सर्वसाधारणको रुवाबासी मच्चिएको हो । सुन पसलमा राखेको पैसाले धेरैको परिवार सम्म बिचल्ली हुन पुगेको स्थानीय सोम निरौलाले बताए ।

सर्वसाधारणको पैसा भएको जायजेथा विक्रि गरेर भए पनि चाँडो दिनु पर्ने निरौलाको भनाई छ ।

करीब ४ सय १७ जना सर्वसाधारणहरुको पैसा सुन पसलले खाईदिएको भन्दै उक्त रकम सर्वसाधारणले पाउँनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =