हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पुर्पक्षको लागी जेल चलान

धरान,जेठ १६ । हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पुर्पक्षको लागी जेल चलान भएका छन् ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्री निवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राखिने भएको हो ।

उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को क बमोजिम प्रजिअ रामप्रसाद आचार्यले आदेश दिएका हुन् ।

उनी सहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलान भएका छन् ।

उनले गत चैत २५ गते राति मोरङको बिराटनगरमा हिन्दु धर्म बचाउन भन्दै आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *