यो सरकारका कुरा ठूला काम चाहीँ साना-साना : राजपा नेता यादव

काठमाडौं, जेष्ठ १६ । ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि टिप्पणी गदै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याए जस्तो भएको बताएका छन् ।

सरकारले ल्याएको बजेटमा आश्वासन धेरै देखिए पनि बजेट कार्यान्वयनको आधार नभएको भन्दै उनले भने , ‘यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो’ उनले भने ‘यो सरकारका कुरा चाँही ठूलाठूला, काम चाँही साना साना मात्रै ।’

गफ र सपना धेरै बाँड्ने ओली सरकारले ‘बजेट पनि राम्रै ल्याउलान् भन्ने आफ्नो अपेक्षा रहेको थियो तर, अपेक्षा गरिए पनि जनताको मन जित्ने बजेट आएन ।’ उनले भने

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा । यो बजेट कर्मकाण्डी मात्रै हो ।’

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाबीच नै तालमेल नमिलेका कारण बजेट पनि स्तरीय बन्न नसकेको यादवको आरोप छ ।
बजेटको आकार र आयतन नबढेको भन्दै उनले भने, ‘आकार र आयतन बढ्नुपथ्र्यो । प्राथमिकता किटान गर्नुपथ्र्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *