गुणस्तरहिन उपभोग्य सामान बिक्रि गर्ने नौ व्यवसायीमाथि मुद्दा दायर

कैलाली, जेठ १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्ममा खाद्य ऐन नियमबमोजिम नौ व्यवसायीमाथि मुद्दा दायर गरेको छ ।

आज दशौँ राष्ट्रिय स्वच्छता दिवसकको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नमूना संकलनका क्रममा गुणस्तरहीन उपभोग्य सामान बिक्री वितरण गरिएको पाइएकाले कैलाली, कञ्चनपुर र बझाङका नौ व्यवसायीमाथि मुद्दा दायर गरेको कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए ।

कञ्चनपुरका आयुष दाना उद्योग, जसलिङ स्टोर र ममता किराना पसल, कैलालीका मालिका टे«डर्स एण्ड सप्लायर्स, तुलसी मार्केटिङ गोदावरी, सुदीप एण्ड प्रियान्स किराना पसल, शैलेश्वर किराना पसल र चन्द्र होटेल तथा बझाङको रुद्रा किराना पसलका व्यवसायीमाथि मुद्दा दायर गरिएको हो ।

कार्यालयले हालसम्म खाद्य उद्योग, होटल रेष्टुराँ, किराना पसल तथा अन्य खाद्य व्यवसायको अनुगमन गरी २१३ खाद्य नमूना संकलन गरेको थियो । नौवटा नमूनाका सम्बन्धित व्यापारिक फार्मविरुद्ध मुद्दा दर्ता गरिएको धितालले बताए ।

खाद्य ऐन, २०२३ लाई २०७४ मा गरिएको संशोधनअनुसार अखाद्य वस्तु बिक्री गर्ने तथा नराम्रोलाई राम्रो छ भनेर ठगी गर्नेलाई रु ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *