नेपाल फोटोपत्रकार महासंघमा देखिएको गलत प्रवृत्ति विरुद्ध लड्छु, लडिरहन्छु

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) का सम्बन्धमा पछिल्ला दिनमा केही गैरकानुनी र असम्बन्धित विषयले प्राथमिकता पाएका कारण त्यसबारेमा स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएकाले जानकारीका लागि यस सामग्री सम्प्रेषित गरेको छु ।

कोमामा पुगेको यस संस्थालाई पुनः जीवन दिन विगतमा गरिएका प्रयास आम मानिसका बीचमा स्पष्ट नै रहेको छ । व्यक्तिगत झगडा, पद मात्रै ओगटेर बस्ने प्रवृत्ति तथा कामको नाममा वरको सिन्को पर समेत नसार्ने प्रवृत्तिका व्यक्तिहरुको चङगुगलमाबाट गुज्रीएको संस्थालाई त्यस अवस्थाबाट म लगायतका केही साथीको सहयोमा पुनः जीवन दिएको तथ्य कोही कसैबाट छिपेको छैन ।

संस्था कहाँ छ र कस्तो अवस्था थियो भन्ने अवस्थाबाट एउटा ज्यूँदो जाग्दो संस्थाका रुपमा हामीले संस्थालाई नयाँ आकारका स्थापित गरेका थियौ । जुन मेरो नेतृत्वमा हामीले विगत दुई वर्षदेखि गर्दै आएको राष्ट्रिय फोटो पत्रकार सम्मान र त्यसमा व्यक्त भएको अभिमतले पनि प्रष्ट गर्दछ ।

हामीले आम मानिसलाई देखाएको नयाँ पन तथा फोटोपत्रकारको संस्थालाई व्यवसायिक बनाउन गराउन प्रयत्नलाई स्थापित प्रयासहरुले निरन्तरता पाइनै रहेको छ । धेरै भन्दा धेरै फोटोपत्रकाहरुको सहभागिताका साथ हामीले एनफपिजेलाई एउटा जिम्मेवार संस्थाको रुपमा स्थापित गयौँ र त्यसमा मेरो सक्रिय भूमिका र जवरजस्त हस्तक्षेपले पनि त्यसलाई स्थापित गरेको छ ।

बजारमा अनेक नाम बोकेका संस्था वा निकाय भएपनि त्यसको उपस्थिती प्रभावकारी र वस्तुसंगत नभएको अवस्थामा एनफपिजेलाई एउटा ज्यूँदो जाग्दो संस्था बनाउन मेहनतका साथ काम गरिएको तथ्य कोही कसैबाट छिपेको छैन ।

तर फोटो पत्रकारको नाममा सामान्य विवाहको पार्टी, सेमिनार, गोष्ठी तथा साना पासपोर्ट साइजका फोटो खिच्ने र कुनै जमानामा मैले पत्रकारीता गरेको थिए भन्ने र व्यवसायिक फोटोपत्रकारितामा नै संलग्न नभएका केही स्वनामधारी व्यक्तिलाई संस्थाको महत्वपूर्ण पद प्रतिष्ठा दिने, संस्थाको विधि र प्रक्रिया विपरित पद बाँडफाँड गर्ने तथा साधारण सदस्य नै नभएका व्यक्तिलाई एकाएक महत्वपूर्ण पद प्रदान गर्ने एक खालको हैकमवादी शैली पछिल्लो दिनमा एनफपिजे भित्र देखिएकोले र उक्त सैलीका कारण म लगायत संस्थामा आवद्ध काठमाडौंमा रहेर हाल फोटोपत्रकारीतामा सक्रीय रहि विभिन्न सञ्चार माध्ययममा काम गरिरहेका संस्थामा आबद्ध तथा कार्यसमितिमा रहेका फोटोपत्रकार साथीहरु महासंघ दर्ता गर्दा तदर्थ समितिमा आवद्ध नभएकै हो ।

एनएफपिजे पछिल्लो पटक महासंघका रुपमा अगाडि बढेको छ । महासंघको नेतृत्वमा बस्ने, त्यसको नेतृत्व गर्ने र समुहमा पनि त्यहि व्यक्ति नै पद ओगटेर बस्ने प्रवृत्ति देखिएको छ । यो सरासर संस्थाको विधान र नीति विपरितको कुरा हो । त्यस्तै फोटो पत्रकारितामा नै नभएका वर्षमा एकाध फोटो खिच्ने तर पद प्राप्त गर्न भने साम दाम दण्ड भेदको नीति अख्तियार गर्ने रेग्मी प्रवृत्ति पनि प्रष्ट रुपमा सतहमा देखिएको छ ।

राष्ट्रिय फोटोपत्रकार समुह (एनफपिजे) को काठमाडौँ कमिटिको बैठक र सामान्य माइन्यूट बिना नै आफु अनुकुल पद वाडफाड गर्ने ,कार्यालयको वोड हटाउने साथै संस्थालाई विस्तार गर्न अहोरात्र खटेका व्यक्तिहरुलाई पाखा लगाउने तथा हेप्ने प्रवृत्ति पनि पछिल्लो दिनमा सतहमा देखिएको छ ।

सामान्य विधि , नैतिकता, सिद्धान्त र संस्थाको गरिमालाई बचाउनका साटो एकलौटी तवरले महासंघ बनाउने, त्यसको सामान्य मर्मलाई समेत ख्याल नगर्ने प्रवृत्ति एनफपिजे र हालको महासंघमा पनि देखिएको छ । त्यसले संस्थालाई मर्यादित बनाउन भन्दा पनि व्यक्तिवादी महत्वाकांक्षा चरम रुपमा वृद्धि हुन्छ भन्ने संकेतहरु देखा परेका छन् । महासंघ बनाउँदा सामान्य विधि पालना गर्नुपर्नेमा त्यसो समेत गरिएको छैन ।

जिल्लामा गएर फोटो पत्रकारलाई संगठिन गर्ने, पेशागत सुरक्षामा जोड दिने, क्षमताको विकासमा महत्वपूूर्ण सहयोग गर्नेलाई पाखा लगाएर केही व्यक्तिलाई मात्रै चेपेर हिड्ने प्रवृत्ति ग्राह्य र मान्य हुनै सक्दैन । तर जे नहुनुपर्ने थियो, त्यही गरेर संस्थालाई केही व्यक्तिले आफ्नो नाम जोडेर मै ठुलो हु भन्नको लागि यो संस्था मागी खाने भाँडोको रुपमा विकास गर्ने उद्देश्यका साथ अगाडी बढ्न लागेको देखिन्छ ।

यही जेठ १६ र १७ गते चितवनमा जिल्ला अध्यक्षहरुको भेला बोलाइएको भन्ने सुनिन आएको छ । पहिला महासंघको विधिवत घोषणा कार्यक्रमनै नगरि साथै सो भेलामा के कस्ता विषयमा छलफल गर्ने भन्ने विषय समेत प्रष्ट रुपमा संस्थाका सदस्यहरुलाई जानकारी साथै महासंघको कार्यविधि प्रष्ट नपारीकनै आफूलाई नेता बनाउने, संस्थाको नाममा साधन र स्रोत दोहन गर्ने तथा अमर्यादित तवरले आफू नेता बन्ने तथा बनाउने प्रवृत्तिका साथ उक्त भेला आयोजना गरिएको र त्यसमा फोटो पत्रकारको पेशागत हित भन्दा पनि केही चाटुकारलाई नेतामा स्थापित गराउने मनसाय रहेको मेरो ठहर छ ।

उक्त महासंघ निमार्ण तथा दर्ताको विषयमा मैले विमति जनाएकै हो उक्त संस्थामा हाल विभिन्न सञ्चार माध्यममा कार्यरत फोटोपत्रकारको नै नेतृत्व हुनु पर्छ र राष्ट्रिय फोटोपत्रकार समुह काठमाडौं केन्द्रवाट विधिवत रुपमा कार्यसमितिले चयन पछि विधानमा छलफल गरी दर्ता गर्नुपर्छ भन्ने मेरो अडान कायम भए पछि रातारात अध्यक्षले केन्द्रिय समितिको बैठक नै नराखि एकलौटी ढंगबाट संस्था दर्ता गरेपछि हामी केन्द्रिय कमिटिमा रहेका सदस्यहरुलाई जानकारी गराउन आवश्यक ठानेन । साथै महासंघ दर्ता भएको हामीले विभिन्न समाजिक सञ्जालबाट थाहा पाउन बाध्य भएका थियौं ।

जहाँसम्म राष्ट्रिय फोटो पत्रकार सम्मानका क्रममा म माथि लगाइएको आर्थिक घोटालाको विषयलाई लिएर समाजिक सञ्जालमा विना प्रमाण विभिन्न सामाग्रीहरु पोष्ट गरी भ्रम सिर्जना गरी व्यक्तिगत चरित्रको हत्या गर्ने प्रयत्नमा लागेको देख्दा मलाई त्यस्ता व्यक्ति प्रति लज्जा बोध हुनको साथै प्रमाणीत गरी देखाउन यसै लेख मार्फत चुनौति दिन चाहन्छु ।

यस्ता प्रवृत्तिबाट मैले के महसुस गरेको छु भने, तथ्यलाई मोडेर असत्यको खेती गर्ने जमात त्यसमा क्रियाशिल छ भन्ने मेरो दावी छ । सम्मानका क्रममा गरिएका आर्थिक कारोबारको सम्पूर्ण हिसाब किताब पारदर्शी छन्, जुनसुकै निकायले छानबिन गर्न चाहेपनि त्यसमा म र मेरा आयोजना मा सहभागी साथीहरु प्रष्ट छौ् ।

हामी कार्यक्रम संयोजकको हैसियतले राष्ट्रिय फोटोपत्रकारीता अवार्डको आयोजना गर्ने क्रममा नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पूर्व अध्यक्ष लगायत विभिन्न सिनियर फोटोपत्रकारलाई हामीले आफ्नो कर्तव्य लाई आत्मसाथ गरि सम्मान तथा सहयोग र सुझाव संकलन गर्दा संस्थाको हित विपरित कार्य गर्यो भनी लगाएको लाल्छाना र आरोप प्रति खेद व्यक्त गर्दछु । साथै आफुले सक्दो काम गरी सस्थाको गरिमालाई उचो पर्दा समेत, हामीलाई असक्षमको रुपमा घोषणा गरि एक लौटी ढंगबाट दण्डीत गर्ने कुप्रयासको विरोध गरेका हौंं ।

हुँदै नभएको र गर्दै नगरेको विषयमा आरोपित गरेर पानीमाथिको ओभानो बन्ने रेग्मी प्रवृत्ति फोटो पत्रकारको हितमा छैन र रहँदैन भन्ने मलाई लाग्छ । जहाँसम्म महासंघको अध्यक्ष, उपाध्यक्ष, महासचिव सदस्य लगायतको चयन पनि गैरकानुनी छ । आफु अनुकुल संस्थामा मनोमानी ढंगबाट घर कोठमा र होटलमा फोटोपत्रकार साथीहरुलाई बोलाई विषय वस्तुको जानकारी नै नगराईकन विभिन्न संस्थामा काम गरि रहेका फोटोपत्रकारहरुलाई विधानमा हचुवाको भरमा सहिछाप गर्न लगाई आफ्नो अनुकुल पदविभाजनमा लागेको स–प्रमाण र यथार्तले त्यही वोल्दछ साथै विभिन्न वाहानामा महासंघ घोषणा गर्ने र ६ महिना भित्र महाधिवेसन गर्ने भन्ने विषयलाई नजर अन्दाज गरेर रेग्मी प्रवृत्तिलाई महासचिवमा स्थापित गराउन मात्रै त्यस खालको षड्यन्त्र र व्यक्तिगत रुपमा आरोप प्रत्यारोपमा उत्रिएका हुन् भन्ने मेरो ठम्याइ छ ।

हाल सम्म पनि रेग्मी लगायतको टोलीको संयोजकमा २०७४ साल माग १९ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको ‘प्रिन्टीङ एण्ड फोटोग्राफी एक्सपो’को हर हिसाव संस्थामा नवुझाएको र मैले उक्त विषयमा आवाज उठाउदा हर हिसाव वुझाउन आनकानी किन गरियो ? यो विषय अहिले सम्म किन अनुत्तरीत ।

जहाँसम्म सुतेको संस्थालाई जगाएर यहाँसम्म ल्याउने मूर्त र गतिशिल संगठन बनाउने मेरो दायित्व र कामलाई आम फोटो पत्रकारहरु तथा पत्रकाहरुले सम्झिरहेका छन् र सो कार्यलाई अभिप्रेरित गरिरहेका छन् ।

गलत प्रवृत्तिका विरुद्ध म निरन्तर लडिरहने छु । गलत प्रवृत्तिलाई कुनै पनि हालतमा संस्थामा स्थापित हुन नदिने मेरो प्रण छ । गलत प्रवृत्ति विरुद्ध एक्लै भएपनि लामो समयसम्म लडिरहने मेरो दृढ इच्छा शक्ति रहेको छ । गलत प्रवृत्तिको भण्डाफोर गर्न सम्पूर्ण जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यहरुलाई म आग्रह गर्दछु । गलत प्रवृत्तिको विरुद्ध लड्दा लगाइने लाञ्छना र गलत व्यवहारले मलाई र हामी जस्ता क्रियासिल फोटोपत्रकारहरुलाई कुनै प्रभाव पार्दैन । किनकी फोटो पत्रकारको व्यवसायिक हित र रक्षाका लागि विगतदेखि लड्दै आएको हो । त्यो लडाई निरन्तर लडिरहने छु । गलत गर्नेहरु आफै नांगिनेछन् । उनीहरुको अन्त्यलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =