मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अब महंगिने भए चकलेटसँगै कस्मेटिक सामानहरु

काठमाडौ, जेठ १४ । नयाँ बजेट घोषणा भएसँगै अब चकलेट, कस्मेटिक, खेलौना र मासुको मूल्य बढ्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ को बजेटमा चिनीबाट बनेका र कोका मिसिएका आयातित चकलेटमा ५ प्रतिशत अन्तः शुल्क लगाउने घोषणा गरेको हो ।

देशमै उत्पादित कोका मिसिएका चकलेटमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्नेछ । तर, देशमै उत्पादित चिनीबाट बनेका चकलेटमा भने अन्तः शुल्क नलाग्ने भएको छ ।

त्यस्तै, फ्रिज तथा भ्याकुम क्लीनरमा पनि ५ प्रतिशत अन्तः शुुल्क लाग्ने भएको छ ।

यदि २० हजारको फ्रिज थियो भने अन्तः शुल्क ५ प्रतिशत लाग्दा एक हजार मूल्य बढ्नेछ ।

यसैगरी दालमोट, भुजिया र अन्य ड्राइफुडमा समेत ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ ।

मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आयातित तयारी मासुमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने जानकारी दिएका छन् ।

कस्मेटिक सामान र आयातित खेलौनामा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ । यसले आयातित खेलौना र कस्मेटिक सामानको मूल्य बढ्ने भएको छ ।

वि.सं. २००८ मा नेपालको पहिलो बजेटसँगै आर्थिक ऐनद्वारा अन्तः शुल्क लगाउन सुरु गरिएको थियो ।

अहिले अन्तः शुल्क ऐन, २०५८ तथा अन्तः शुल्क नियमावली २०५९ मार्फत सरकारले यस्तो अन्तः शुल्क उठाउँदै आएको छ ।

 

 “

प्रतिकृयाहरु
Loading...