यस्ता खानेकुराले घटाउ छन् स्टामिना

“
शरीरमा शक्ति प्राप्त गर्न खाना आवश्यक हुन्छ । केही खाद्यपदार्थ यस्ता छन्, जसबाट प्रतिरोधी क्षमता कम हुन्छ र स्टामिना घट्छ । रोगप्रतिरोधी क्षमता कमजोर हुँदा भाइरल इन्फेक्सन चाँडो हुन्छ ।
सफ्ट ड्रिंक
सामान्यतः सफ्ट ड्रिंकले स्वास्थ्यलाई असर गर्ने बारे हामी ख्याल गर्दैनौं । तर विशेषज्ञका अनुसार बढी सफ्ट ड्रिंक सेवनले स्टामिना बिस्तारै कमजोर हुन्छ । खासगरी बडी बिल्डिङका बेला यसको अधिक सेवनबाट बँच्नुपर्छ ।
अल्कोहल
अल्कोहल सेवनले इम्युनिटी अर्थात् प्रतिरोधी क्षमतामा नकारात्मक असर गर्छ र स्टामिना कम हुन्छ । यसको अधिक सेवनले शरीरको दैनिक चक्र बिग्रन्छ र इनर्जी लेभल झर्न थाल्छ ।
मैदाजन्य पदार्थ
मैदाजन्य खाद्यपदार्थले पाचन प्रक्रिया गडबड हुन्छ । यस्तो पदार्थ खानाले शरीरलाई उर्जा त मिल्दैन नै, ब्लड सुगर पनि बढ्छ । वर्कआउटका बेला यस्तो खानबाट बच्नुपर्छ । मैदाजन्य पदार्थ र फास्टफुडमा ‘पोलिडिमल्सिलोक्सेन’ नामक तत्व हुन्छ, जो स्वास्थ्यका लागि हानिकारक हुन्छ र स्टामिना कम हुन्छ ।
कार्बोहाइड्रेटयुक्त आहार
न्यून पोषण र कार्बोहाइड्रेटयुक्त चिजलाई नियमित रुपमा खानामा समावेश गर्नाले स्टामिना कम हुनसक्छ । अमेरिकाको न्यूयोर्क र हवाईका पोषणविद् जेनी गिबलिन भन्छन्, ‘कार्बोहाइड्रेट हानिकारक हुन्छ भन्ने भ्रम मानिसमा छ, यसैले कार्बोहाइड्रेट सेवन पूर्ण रुपमा बन्द गर्नुको साटो सही कार्बोहाइड्रेट चयन गर्नु आवश्यक हुन्छ ।’
उच्च वोसोयुक्त आहार
उच्च वोसोयुक्त आहारले शरीरमा बोसोको मात्रा बढ्छ । यसबाट मोटोपनालगायतका कयौं प्रकारका रोग लाग्छ । शरीर स्वस्थ राख्न बोसो आवश्यक पर्ने भएपनि बढीमात्रामा सेवनबाट बच्नुपर्छ । तर बोसोबाट शरीर उर्जावान हुन्छ, छालामा निखार आउछ, कपाल मजबूत हुन्छ र यसमा पाउने भिटामिन र खनिज पदार्थले विभिन्न रोगबाट बचाउँछ ।
एजेन्सी
“








