प्रभावहीन दूतावास र नियोग बन्द गरिने
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ १६ । सरकारले प्रभावहीन कूटनीतिक नियोगहरु बन्द गर्ने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा मंगलबार बजेट प्रस्तुत गर्दै नियोगहरुको प्रभाव अध्ययन गरी अनावश्यक नियोग खारेज गर्ने घोषणा गरेका हुन् ।
परराष्ट्रका केही कर्मचारी र दलका कार्यकर्ता व्यवस्थापनका लागि विनाअध्ययन स्थापना गरिएका दूतावासहरु बन्द गर्ने नीति सरकारले लिएको हो ।
समाचारमा लेखिएको छ, केही दूतावास एक मुलुकबाट अर्कोमा सार्ने तयारी पनि सरकारको छ ।
।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








