ल्वागुन प्रतिष्ठनद्वारा दिवाभोज कार्यक्रमको आयोजना

धरान, जेठ १५ । ल्वागुन प्रतिष्ठान नेपालले प्रतिष्ठानको भावी नीति तथा कार्ययोजना बारेमा छलफल गर्ने दिवा भोज आयोजना गरेको छ ।

सुनसरी धरान ८ स्थित रहेको लाङघाली समुदायिक वनको सभाहलमा सोमबार आयोजना गरिएको भोजमा प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी प्रदेश नं १ सांसद उमिता बराईली, प्रतिष्ठानका अध्यक्ष मोहन कुमार ल्वागुनलगायत विभिन्न व्यक्तिहरु गरी करिब २०० जनाको सहभागिता रहेको थियो ।

भोजका क्रममा सभामुख भण्डारीले नेपाल भरीका ल्वागुन बन्धु एकताको कसिलो बन्धनमा रहेर काम गर्नुपर्ने बताएका छन् ।

उनले कुनै पनि संघ संस्थाले मन बचन तथा कर्मले सेवा भाव प्रकट गर्दै अग्रसर हुन अनुरोध गरेका थिए ।

मोहन कुमार ल्वागुनको अध्यक्षतामा सम्पन्न भएको सो दिवाभोज कार्यक्रममा मोहन कुमार ल्वागुनको अध्यक्षतमा १ नं प्रदेश स्तरीय २५ सदस्य नयाँ कार्यसमिति तथा २३ जना सल्लाहकार समिति समेत निर्माण गरिएको छ ।

त्यस्तै उपाध्यक्षमा धनबीर कामी, सचिवमा प्रकाश बिश्वकर्मा, सहसचिव महेश बिश्वकर्मा, कोषाध्यक्षमा डम्बर सिंह बिश्वकर्मा चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा कला शंकर, निशा ल्वागुन, राजु बिश्वकर्मा, मनोज बिक सन्देश ल्वागुुन, सुदिन बिश्वकर्मा, कुमार बिश्वकर्मा, ईन्द्र बिश्वकर्मा नारायण ल्वागुन, माधव बिक, मनोज ल्वागुन, रमेश ल्वागुन, उमा ल्वागुन, राम कुमार ल्वागुन, सुभाष ल्वागुन, शंकर ल्वागुन, युसोधा ल्वागुन, राजेन्द्र ल्वागुन, राज ल्वागुन, चन्द्रमान ल्वागुन र टिका कुमारी ल्वागुन रहेका छन् ।

सोही कार्यक्रममा ल्वागुन समुदायकै जेष्ठ नागरीक ८५ वर्षीय दिल बहादुर बिश्वकर्मा(ल्वागुन)लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

प्रतिष्ठानका कोषाध्यक्ष डम्बर कुमार ल्वागुनले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई प्रतिष्ठानका सचिव प्रकाश बिश्वकर्मा ल्वागुनले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =