डडेल्धुराः जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

डडेल्धुरा, जेठ १५ । डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से १ ज ३३० नं को जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गन्यापधुरा गाउँपालिकाको गजरौलामा जीप दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

घटनाको थप विवरण आउन बाँकी छ । आज बिहान करीब ८ बजे उक्त जीप धनगढीका लागि छुटेको थियो । जीपमा कति जना सवार थिए भन्ने यकीन छैन । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जोशीको नेतृत्वमा प्रहरी गइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =