बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए प्रदेशलाई भत्ता खुवाउन पनि समस्या पर्छ– देउवा

काठमाडौँ, जेठ १५ । शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु खुशीको कुुरा भएको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनुमा खुशी व्यक्त गर्दै लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती समेत दिए ।

उनले भने, दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको छ ।

देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव/भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *