बाजी लगाउँदा म्याच फिक्सिङमा मुछिएका फुटबलर केसीसहित ६ जना पक्राउ

काठमाडौँ, जेठ १५ । काठमाडौँ प्रहरी परिसरमा खटिएका प्रहरी परिसरको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ लगायतलाई पक्राउ गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा काठमाडौँ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बेटिङमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

यसअघि म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना २०७२ कात्तिकमा पक्राउ परेका थिए । सबै जना धरौटीमा छुटेपनि मुद्दा टुंगिएको छैन । केसीविरुद्ध विशेष अदालतमा नेपाली फुटबलको म्याच फिक्सिङ मुद्दा विचाराधीन छ ।

पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएको मोबाइल, ल्यापटप र नगद बरामद भएको छ । उनीहरूमाथि जुवा ऐन र ठगी अन्तरगत मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय गिरोहको सहयोगमा करोडौंको बाजी लगाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =