काठमाडौँको तिलिङ्गाटारमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ, जेठ १५ । काठमाडौंको तिलिङ्गाटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुने अन्दाजी ३० वर्षीय एक जनाको नाम खुल्न सकेको छैन । उनी मोटरसाइकलको पछाडी सिटमा थिए । मोटरसाइकल चालक भने बारा घर भएका अन्दाजी ३० वर्षीय मानबहादुर बल  छन् । उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान सवा ४ बजे, सडक किनारमा रोकी राखेको बा २ ख ६२३० नम्बरको बसमा सामाखुसीबाट चक्रपथतर्फ तीव्र गतिमा आउँदै गरेको बा ३७ प ७३८० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *