लम्किचुहा नगरपालिकाको मोटरसाइकल खरिद टेन्डर आह्वान अबैधानिक

कैलाली, जेष्ठ १४ । लम्किचुहा नगरपालिकाको मोटरसाइकल खरिद टेन्डर आह्वान अबैधानिक भएको भन्दै जानकी ट्रेडर्स यमहा सोरुम लम्किले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको छ।

आईतवार लम्किमा भएको पत्रकार सम्मेलनमा जानकारी दिदै प्रबन्धक अनिल रावलले टेन्डर किनेको भौचर सिलबन्दी हुनुपर्नेमा बाहिर नै भेटिनु र देखिएको भौचरको मुचुल्कामा पनि बदरको माग सहितको हस्ताक्षर हुँदाहुँदै पनि लम्किचुहा नगरपालिकाले सदर गरि मोटरसाइकल बाँडेको प्रती आपत्ति सहित खारेजीको माग गरेका हो।

टेन्डर परेको सहमति नहुँदै गाडि पास हुनु, टेन्डर परेको सुचना आफ्नो कम्पनिलाई जानकारी नदिई नगरपालिकाले सरासर अवैधानिक कार्य गरेको भन्दै आपत्ति सहित रि टेन्डर आह्वानको माग गरिएको छ।

 

नगरपालिकाले वडा अध्यक्षलाई सुबिधा दिनको लागि चैत्र ३० गते सूचना निकाल्दै टेन्डर आह्वान गरेको थियो। जसमा
पत्रकारको जिज्ञासामा बोल्दै प्रबन्धक रावलले यो अवैधानिक प्रक्रियाको खारेजी नभए अख्तियार छानबिनको लागि कानुनी बाटो अवलम्बन गर्ने चेतावनी समेत दिएका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =