बच्चाहरुको नङ टोक्ने बानी हटाउन अपनाउनुहोस् यी तरिकाः

नङ टोक्ने बानी धेरैजसो बच्चामा देखिने गर्दछ भने ठुलै मान्छेहरुमा पनि हुन सक्छ । यस्तो बानी छुटाउनै नसकिने भन्ने हुँदैन । कुनै अभिभावकहरु बच्चाको नङ टोक्ने बानीलाई लिएर निकै गम्भीर हुन्छन् त कोही वास्तै गर्दैनन् । यस्ता समस्या तब देखिन्छ, जब कोही व्यक्ति तनावमा हुन्छन् । तनावमा लिइरहँदा त्यस्ता बानी भएका व्यक्ति तथा बच्चाहरु अन्जानमा नै मुखमा औँला हाल्ने गर्छन ।

१. कडा वस्तुको प्रयोग

सामान्य अवस्थामा नङ चपाउने बानी को सफलतापुर्वक रोक्नका लागि हातमा कडा टेस्टका वस्तुहरुः खुर्सानीको पाउडर, नीमको पात, करेलाको रस आदि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले जब बच्चा मुखमा नङ हाल्छन्, तब उनीहरुको मुखको टेस्ट बिग्रीन्छ ।

२. खराख स्वाद भएको नेलपोलिस

बच्चाको नङमा तीखो स्वाद भएको नेलपोलिस को प्रयोग गर्न सकिन्छ । त्यस समयमा जब उनीहरु नङ टोक्छन्, तब नेलपोलिसको नमिठो स्वाद तब तुरुन्छ याद आउँछ उनीहरुलाई कि उनीहरु नङ टोकिरहेका छन् । मात्र यति ध्यान राख्नुपर्छकि बच्चाको मुखमा गलत केमिकल नजाओस् ।

३. फोहोरको बारेमा बताउनुस्

हमेसा बच्चाको दिमागमा यो भर्नुस् कि नङमा धेरै फोहोर हुन्छ । यो टोक्दा मुखमा यसमा भएको सबै किटाणु पेटमा जाने सम्भावना हुन्छ । यसले गर्दा स्वास्थ्यसँग जोडिएका कयौँ समस्या सामना गर्नुपर्ने हुन सक्छ ।

४. नङ छोटो बनाइदिनुस्

समय–समयमा बच्चाको नङ काट्न सम्झाउनुहोस् । हुर्किसकेका ठूला बच्चाहरु यस्तो बानी रोक्नलाई प्रेरित गर्नुहोस् कि यस्तो बानी राम्रो हुँदैन ।

५. केही अर्को चीज चपाउ

बच्चालाई सम्झाउनुस् कि नङ टोक्ने इच्छा भएमा तुरुन्छ गाजर या स्याउ हातमा लिउ र खान शुरु गर । जुन गतिमा नङ टोकिन्छ, त्यही गतिमा स्याउ तथा गाजर चपाउने । यसको अलवा चुइगम पनि प्रयोग गर्न सकिन्छ ।

६. ब्यान्डेज या स्टीकर

नङ चपाउने बानी छुटाउने अर्को तरिका नङमा ब्यान्डेज अथवा रंगीन स्टिकर लगाइदिनुहोस् । बच्चाको नङमा ब्यान्डेज राम्रोसँग बाँधिदिनुहोस् या त रंगीन स्टिकर लगाइदिनुहोस् । उनीहरु ब्यान्डेज या स्टिकर देखेर आफ्नो इच्छा मार्नेछन्, चाहेर पनि उनीहरु नङ चपाउन पाउनेछैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *