बुटवलमा मेगा एजुकेशन फेयर २०१८ हुदै

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै बुटवलमा मेगा एजुकेशन फेयर हुने भएको छ ।

वान अप प्रा.लि.को आयोजनामा रुपन्देहीकोे बुटवलमा मेगा एजुकेशन फेयर हुने भएको हो ।

ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई सही परामर्श दिनका लागि बुटवलमा मेगा एजुकेशन फेयर आयोजना गरिएको आयोजक वान अपले जनाएको छ ।

मेगा फेयरमा अस्ट्रेलिया, अमेरिका, न्युजल्याण्ड, क्यानडा, जापान, इण्डिया तथा अन्य देशहरुका  लागि शैक्षिक जानकारी दिइने व्यवस्था गरिएको वान अपका इभेण्ट म्यानेजर भोला पोख्रेलले बताए ।

ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई एकै छानामुनि दर्जनौँ शैक्षिक परामर्शदाता भेला गराई सही काउन्सेलिङ गर्न मेगा फेयर गरिएको इभेण्ट म्यानेजर पोखरेलले बताए ।

यही जेठ १८ र १९ मा वुटवलको सिद्धार्थ कटेजमा मेगा एजुकेशन फेयर हुने छ ।

फेयरमा कक्षा १२ को परीक्षा दिएर बसेका, ब्याचलर तथा माष्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीले सहभागी हुन सक्छन् । विद्यार्थी अभिभावकलाई ABROAD STUDY का विविध विषयमा जानकारी दिन दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त काउन्सलर र कन्सल्टेन्सीको सहभागिता रहनेछ ।

फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङ समेत गर्ने भएकोले करियर निर्माणमा महत्त्वपूर्ण खुड्किलो हुने आयोजक वान अपका इभेण्ट म्यानेजर पोखरेलले दाबी गरेका छन् ।

उनले भने, ‘हामीले विगत लामो समयदेखि शैक्षिक मेला आयोजना गर्दै आइरहँदा मुख्य रूपमा विद्यार्थीको आवश्यक्ता र चाहना अनुसार काम गरिरहेका छौँ । यो फेयरले विद्यार्थीलाई ABROAD STUDY का धेरै विषयमा जानकारी दिन सक्नेछ ।’

फेयरमा देशका दुई दर्जन भन्दा बढी कन्सल्टेन्सी तिनले प्रतिनिधित्व गरेका देश तथा त्यहाँका कलेज, विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने छ । आयोजकले फेयरमा आउने विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको छ ।

साथै लक्कि ड्र मार्फत एक जनालाई ल्यापटप पुरस्कार दिने व्यवस्था गरिएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *