ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौ, जेठ १३ । प्रहरीले काठमाडौको स्वयम्भू क्षेत्रबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको टोलीले ब्राउन सगुरसहित ३ जना कारोबारीलाई पक्राउ गरेको काठमाडौ प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।

उनीहरूको साथबाट ९५ ग्राम ब्राउन सुगर बरामद भएको पोखरेलले बताए ।

उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *