प्रदेश २ सरकारलाई दिएको समर्थन नेकपाले लियो फिर्ता

काठमाडौं ,जेठ, १३ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिएको हो ।

आइतबार मुख्यमन्त्री लालबाबु राउतले बोल्नका लागि समय मागेका थिए । तर, नेकपाका सांसदहरुले उठेर विरोध गरे ।

तत्कालीन एमाले संसदीय दलका नेतासमेत रहेका सत्यनारायण मण्डलले समय माग्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराए ।

जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो, त्यसअनुसार काम नगरेको र सरकारको गति एकदमै सुस्त भएको उनले बताए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा आफूहरुसँग सल्लाह नै नगरी मानमर्दन गर्न खोजेको उनको आरोप छ ।

तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको कामकारबाही सन्तोषजनक नभएको भनदै असन्तुष्टि जनाए ।

दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरे । तर, सभामुखले यसबारे प्रश्न उठाउन नपाउने भन्दै रुलिङ गरेका थिए ।

नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक केही समय अवरुद्ध भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *