विनाकारण गुरुङलाई पक्राउ गरेको भन्दै काँग्रेसद्वारा इटहरीमा विरोध प्रदर्शन

“
काठमाडौँ, जेठ १३ । काँग्रेसका महासमिति सदस्य सिजन गुरुङको पक्राउको विरोधमा इटहरीमा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । विनाकारण तरुण दलका सभापति सिजन गुरुङलाई पक्राउ गरेको भन्दै त्यसको बिरोधमा काँग्रेसले सडकमा प्रदर्शन गरेको हो ।
एक नम्बर प्रदेशका विपक्षी दलका नेता राजिव कोईरालाको अगुवाईमा काँग्रेसले सिजन गुरुङको पक्राउको विरोध प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेसको भातृ युवा दस्ता तरुणदल सुनसरीका सभापति तथा काँग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेपछि विना शर्त रिहाइको माग गर्दै नेपाली काँग्रेसले इटहरीमा चक्काजाम गरेका कारण पूर्व–पश्चिम राजमार्ग तथा धरान विराटनगर सडक करिब एक घण्टा जति अवरुद्ध भएको थियो ।
आन्दोलनमा प्रमुख सचेतक केदार कार्की, सांसदहरु चन्द्रप्रसाद श्रेष्ठ लगायत सहभागी छन् ।
कांग्रेसले विहानै निकालेको र्याली पश्चात गरेको कोण सभालाई कांग्रेस नेताहरू विकास केसी, मणि श्रेष्ठ, विजय कटवाल लगायतले बोलेका थिए ।
“








