दाङ: झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दै
२०७४ जेठ १५ गते

“दाङ, जेठ १३ । दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रणका लागि टोल टोलमा स्वास्थ्यकर्मीको टोली पुग्दैछ ।
झाडापखालाका कारण झण्डै चारसय जना बिरामी भएका छन् । बिरामी परेका ५१ जनाको अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित अरु उपचापछि घर फर्किएका छन् ।
बिरामी ५० जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा र अर्का एकजनालाई नेपालगन्जमा उपचारका लागि लगिएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो ।
खानेपानी अभाव भएपछि खोलाको ल्याएको दुषित पानी पिउँदा गाउँमा झाडापखाला फैलिएको हो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








