लालबाबु पण्डितले भने- सरकार ९० प्रतिशत सफल छ

काठमाडौं, जेठ, १२ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार सुरुवाती चरणमा पनि १०० मा ९० प्रतिशत सफल भएको दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने ‘म १०० मा सय प्रतिशत त भन्दिन्, तर सरकारको डिरेक्शन हेर्दा सयमा ९० प्रतिशत सफल भएका छौं ।’

कार्यक्रममा बोल्दै मन्त्रि पण्डितले भने,’अहिलेको सरकारले हिम्मतका साथ कुरा राखेको छ, यसैको परिणाम हो विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्नु । अझै धेरै मेहनत गर्न बाँकी छ, हामी दुवै तर्फबाट विश्वास लिएर अघि बढ्छौं, जनतालाई सुशासन र समृद्धि दिलाउँछौं ।’

उनले असारसम्म दश हजार कर्मचारीलाई प्रदेश र स्थानीय तहमा झिटीगुन्टा बोकेर पठाउने बताए । मन्त्रीले भने, ‘यदि जान मान्नुभएन भने कारबाही गर्न तयार छु, कार्यक्षेत्र जान नमान्ने कर्मचारीहरुलाई विदा गरेर घर पठाईदिन्छु ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास कार्यक्रमहरु आइसकेको भन्दै उनले बजेटले प्रष्ट पार्ने बताए । उनले भने, ‘त्यतिवेला कांग्रेसले पनि साँच्चै आएछ है भन्छ, अनि राजपाका साथीहरुले पनि तराई(मधेशलाई विशेष नै आएछ है भन्नुहुनेछ ।’

कांग्रेसका नेता सञ्जय गौतमले सरकारको नीति तथा कार्यक्रम उपलब्धिमूलक नभएको जिकिर गरे । यद्यपि ठूला वामपन्थी पार्टीहरु एक हुनु चाहीँ उपलब्धिमूलक भएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + fourteen =