प्रधानमन्त्री कप क्रिकेट :पहिलो खेलमा एपीएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुने

काठमाडौं,जेष्ठ १२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा आइतवारदेखि सुरु हुन लागेको दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ। प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालय इन्टरनेशनलले तयारी पूरा भएको जनाएको छ।

मुलुक संघिय संरचनामा गएपछि प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ। प्रदेशका ७ टिमसँगै ३ विभागीय टोलीले पनि प्रतियोगिता खेल्नेछन्।

राखेपका सदस्य सचिव केशबकुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने प्रतिक्रिया दिएका छन्।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आइतवार विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्नेछन्।

आइतवारै मूलपानी क्रिकेट ग्राउण्डमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६(कर्णाली) र प्रदेश नम्बर ७ बीच भिड्नेछन्।

जेठ २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २० लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ भने उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार रुपैयाँ पाउनेछन्। यसैगरी एक उदयीमान खेलाडीले १५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले समान १० हजार पाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *