खानेपानी तान्ने मोटर जल्दा धरानका स्थानीयबासि खोलाको पानी पिउन बाध्य 

सुनसरी ,जेष्ठ १२ । धरानका खानेपानीको मुहानबाट पानी तान्ने मुख्य मोटरको २ बटा मोटर जल्दा धरानबासीको घरघरमा खानेपानीको समस्या भएको छ ।

करिब ५ दिन अघि सेउती खोला पारी रहेको खानेपानी तान्ने मुख्य स्थान जी एस फोर र जी एस एट मा जडान गरीएको मटर सर्ट भई जल्दा धराने बासीले समस्या झेल्ने अवस्था आएको धरान खानेपानी संस्थानका प्लान्ट अपरेटर कृष्ण प्रसाद गौतमले जानकारी दिए ।

‘हामी सबै कर्मचारी तनावमा छौँ, दुई वटा मुख्य पानी तान्ने मोटर नै जलेको छ सुनसरीमा मर्मत गर्ने प्राविधिक नरहेकाले बिराटनगर नै पु¥याएका छौँ अझै चार दिन लाग्ने बुझिएको छ सबैलाई समस्या भो’ गौतमले भने ।

खानेपानीको टयाङकीमा रहेको पानी मोटर स्टाट बिना नै धारामा पु¥याउने कोसीस गरेका छौ तर मोटर बिना पानी धरानमा जादैन यसले गर्दा उपभोक्ताहरुको धारामा पानी पुग्न सकेको छैन ।

गौतमले अन्य बैकल्पीक उपाय अपनाएर पानी खान सबैमा अनुरोध समेत गरेका छन् । उनले अझै तीन चार दिन लाग्ने अवस्था देखिन्छ हामी दिन रात खटेर लागी परेका छौ भने ।

सिंगल मेसीन चलाउदा पनि पानी तान्न सक्ने अवस्था छैन त्यसैले पनि हरेक धरानबासीको धारामा पानीको मात्रा घटेको’ धरान १३ स्थित रहेको खानेपानी संस्थानले जनाएको छ ।

मोटर बिग्रिनु भन्दा पहिला पनि खानेपानी संस्थानले दुई दिनमा एक दिन बिराएर विहान करिब २ घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो ।

यसै समयमा धरानेहरुको घरघरमा खानेपानीको धारामा पानी आउनै बन्द हुनु तथा पानी आए पनि १०÷१५ मिनेट मात्रै पानी आउन थालेपछि धरानका स्थानीय बासिन्दा पुराना धारा, प्रचिन ढुंगेधारा तथा खोलाको पानी खानुपर्ने स्थितीमा पुग्न बाध्य भएका छन् । खानेपानीको अभावमा धरानका होटेल व्यवसायहरु समेत मारमा पर्न थालेका छन् ।

पानी अभावमा ग्राहकलाई खाजा÷खाना खुवाउन निकै सास्ती हुदै आएको धरानका होटेल व्यवसायीहरु बताउछन् । ‘पानी बोक्न पनि १ घण्टा लगाएर जोर धारा जानु परेको छ नत्र अरुलाई नै खेताला राखेर काम गर्नु पर्ने देखिन्छ ।

पिउन सम्म पानी अभाव हुन थालेपछि होटल चलाउन नी समस्या हुन थालेको धरान ४ छाताचौककी चिया नास्ता होटल ब्यवसायी लिला खड्काको भनाई छ ।’

होटेलमा बास बसेका ग्राहकले पानीको अभावमा शौचालय प्रयोग गर्न पनि नपाएको गुनासो समेत गर्ने गरेका अन्य होटल रेष्टुरेन्ट संञ्चालकको भनाई छ ।

धरानमा खानेपानीको समस्या भएपछि हरेक दिन सरकारी धाराहरुमा भिडभाड लाग्ने गरेका छन भने पानी थाप्ने निहुमा झैभगडा समेत हुने गरेको छ भने पानीको अभावले सर्बसाधारणमा लुगाधुन, नुहाउन तथा खाना पकाउनमा बढी समस्या भएको छ ।

उता धरान १५ महादेब चौकस्थित खोरीया बस्तीका स्थानीय अईन्द्र बिक्रम बेघाले घरमा खानेपानीको एकदमै समस्या भएको बताएका छन । टवाईलेट गर्न सम्म पानीको अभाव छ उनको घरमा ।

दुई कोष पर सम्म पुगेर २ घण्टाको बाटो हिडेर पानी बोकेर ल्याउछौ त्यो पानीले खाना पकाउनु कि टवाईलेट जानु समस्या हुन्छ झन बालबलिका भएकाहरुकोे हालत के होला ? उनले प्रश्न गरे ।

धरान नगर सरकार र खानेपानी संस्थानले झगडा गर्दा नै आज धरानमा यो खानेपानी को समस्या उत्पन्न भएको यस समस्यालाई चाडै नै स्थानीय सरकारले समाधान गर्नुपर्ने सर्वसाधारणहरुको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *