आजदेखि नौतपा शुरु, ‘गर्मी आँधी तुफानको खतरा’ सावधानी अपनाउन ज्योतिशासास्त्रीको आग्रह

काठमाडौं, जेठ १२ । ज्योतिशास्त्र मान्नेहरुका लागि आजदेखि नौतपा शुरु हुन गइरहेको छ । नौतपमा सूर्य रोहिणी नक्षत्रमा प्रवेश गर्ने गर्दछ । यो अवस्था २५ मे देखि २ जुनसम्म कायम रहनेछ ।

ज्योतिषशास्त्रका अनुसार, यो वर्ष मंगल र केतुको संयोगबाट गर्मीको भीषणाता निकै हुने छ । सूर्य रोहिणी नक्षत्रमा ८ जुन सम्म रहने छ । यो वर्ष मंगल र केतुको संयोग रोहिणीमा हुँदा प्राकृतिक विपदाको अवस्थ देखिन्छ ।

ज्योतिशसास्त्रमा यसलाई रोहिणी गल्ने पनि भनिन्छ । त्यसैले भारी वर्षा हुने सम्भावना रहेको छ । अत्यधिक गर्मी, आँधी तुफानको खतरा भएकोले सावधानी अपनाउन ज्योतिशासास्त्रीले बताएका छन्

यतिमात्रै होइन यो अवस्थामा राजनीतिक दुर्घटना, आगलागी, पनि हुने सम्भावना रहन्छ ।

विज्ञानका आँखामा नौतपा

वैज्ञानिकहरुका अनुसार, नौतपाको अवस्थामा सूर्यका किरण सोझै पृथ्वीमा आउने गरको कारण पृथ्वीको तापमान बढ्ने गर्दछ । अत्यधिक गर्मीका कारण तराई क्षेत्रमा निम्न दबाबको क्षेत्र बन्ने गर्दछ । यो क्षेत्रले समुन्द्रका छालहरुलाई आकर्षित गर्दछ ।

ज्योतिशास्त्रका आँखामा नौतपा

ज्योतिशसास्त्र अनुसार रोहिणी नक्षत्रको स्वामीग्रह चन्द्रमा र देवता ब्रम्हा हुन । सूर्य भने ताप र तेजको प्रतिक मानिन्छ । चन्द्रमा शितलताको । चन्द्रमाबाट पृथ्वीलाई शीतलता प्राप्त हुन्छ ।

त्यसैले जब सूर्य चन्द्रको नक्षत्र रोहिणीमा प्रवेश गर्छन् यसबाट त्यो नक्षत्रलाई पूर्णरुपमा आफ्नो प्रभावमा लिने गर्दछन् । जसले गर्दा पृथ्वीलाई शीतलता प्राप्त हुँदैन । त्यसो त सूर्य १५ दिनसम्म रोहणी नक्षत्रमा भ्रमण गर्छन् तर शास्त्रीय मान्यताका अनुसार, शुरुका नौ दिन नै नौतपा अन्तर्गत मानिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *