सर्वोच्चले ढुंगेलको आममाफीबारे सरकारसँग माग्यो लिखित जवाफ

काठमाडौ, जेठ ११ । सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनु पर्ने कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा ढुंगेललाई आममाफी दिने निर्णय रोक्न अन्तरिम आदेश पनि माग गरिएको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिने या नदिनेबारेमा छलफलका लागि जेठ १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *