मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रदेश ७ का मन्त्री बोहराद्वारा बजेटबारे काँग्रेससँग सुझाव माग

कैलाली, जेठ ११ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अहिले काँग्रेस प्रतिपक्षमा छ । प्रदेश ७ का अर्थमन्त्रीले बजेटबारे काँग्रेससँग सुझाव मागेका छन् । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले शुक्रबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुसंग आर्थिक वर्ष २०७५/०७६ को बजेटका बारेमा छलफल गर्दै सुझाव मागेका हुन् ।

छलफलमा मन्त्री बोहराले आगामी बर्षको बजेटको उद्देश्य, प्राथमिकता नीति कार्यक्रममा समावेश गर्नुपर्ने विषयवस्तुका बारेमा कांग्रेस सांसदसँग सुझाव मागेका थिए ।

प्रदेश सरकारले आसार १ गते ल्याउने बजेटमा गरिबी निवारण, शिक्षामा सबैको पहुँच, पर्यटन विकास, भौतिक पूर्वाधार विकासलाई जोड दिइने मन्त्री बोहराले बताए ।

बजेटमा दलित, महिला, युवा, किसान, अपाङ्ग, वादी समुदाय, राउटे, कमैया र चिडिमार समुदायको उत्थान र समृद्धिका लागि विशेष कार्यक्रम ल्याउन अर्थ मन्त्रालयले तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

प्रदेश ७ आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा १९ अर्ब को हाराहारीमा ल्याउने तयारी गरिरहेको छ ।

प्रतिकृयाहरु
Loading...