गुल्मीमा युवकको शव फेला
२०७४ जेठ १५ गते

“
गुल्मी, जेठ ११ । गुल्मीमा एक युवकको शव फेला परेको छ ।
छत्रकोट गाउँपालिका ३ हर्दिनेटा घर भएका ३५ वर्षे प्रकाश खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुराग द्धिबेदीले जानकारी दिएका छन् ।
बिहीबार घरबाट आफूखुसी हिँडेका खत्रीको शुक्रबार घरभन्दा पाँच सय मिटर टाढा जंगलमा शव भेटिएको हो ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
मृत खत्रीको शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास लिइने प्रहरीको भनाइ छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








