चितवनमा मेगा शैक्षिक मेला आजबाट शुरु

चितवन, जेठ १० । चितवनमा मेगा शैक्षिक मेला आजबाट शुरु भएको छ । वान अप प्रा.लि को आयोजनामा चितवनस्थित भरतपुर गार्डेन रिर्सोटमा मेगा शैक्षिक मेला २०७५ आजबाट शुरु भएको हो ।

हालको परिवर्तन भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान, युरोप लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उद्देश्यले सो शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

चितवन स्थित भरतपुर गार्डेन रिर्सोटमा आजदेखि शुरु भएको शैक्षिक मेला भोली १२ गते सम्म सञ्चालन हुनेछ ।

उत्कृष्ट कलेज, यूनिभर्सीटी तथा कन्सल्टेन्सिहरु गरि १७ वटा भन्दा बढी संस्थाहरु सहभागी हुने सो मेला, नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त रहेको आयोजकले जनाएको छ ।

उक्त मेलामा विद्यार्थीहरुले विभिन्न कलेज तथा यूनिभर्सीटीका प्रतिनिधिहरुबाट छात्रवृत्ति, आइएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङका बारेमा भरपुर जानकारी प्राप्त गर्नेमा विश्वस्त रहेको वान अप प्रालीका भोला पोखरेलले बताए ।

ग्लोवल रिच प्रस्तुतकर्ता रहेको शैक्षिक मेलामा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउनेछन् ।

फेयरमा सहभागी विद्यार्थीहरुलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यताप्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिइएको छ । मेलामा विद्यार्थी तथा अभिभावकहरुलाई प्रवेश निःशुल्क रहेको छ ।

शैक्षिक मेलाको इन एशोसिएशन विथमा अस स्टडिज रहेको छ भने मुख्य प्रायोजकहरुमा इम्पल्स, इप्लानेट एजुकेशन, द नेक्स्ट एकजुकेशन कन्सलटेन्सी, कंगा? एजुकेशन, एनइसि एजुकेसन, ओमर्याङ, युनिक्याम्पस, काठमाण्डौ इन्फोसिस, मेट्स एजुकेशन, प्रोफेसनल, ल्याण्डमार्क, लिङ्कयुएसए लगायत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =