चितवनमा फेरि भेटियो बर्डफ्लु

भरतपुर, जेठ ११ । चितवनमा फेरि दुई ठाउँमा बर्डफ्लु भेटिएको छ । खैरहनीको सुुर्तनीमा बर्डफ्लु भेटिएको केही दिनपछि फेरि नारायणगढको पसलमा बर्डफ्लु भेटिएको छ ।

बालकुमारी स्कुल छेउको पसलमा बेच्न राखिएको कुखुरामा र भरतपुर ६ देवनगरस्थित मयुरी कटेजमा पालिएको कुखुरामा बर्डफ्लु भेटिएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिए । बर्डफ्लु भेटिएको कुखुरा सबै नष्ट गरिएको उनले बताए ।

‘बालकुमारी स्कुल छेउको एउटा मासु पसलमा राखिएको कुखुरामा बर्डफ्लु देखिएपछि त्यस वरपर रहेका १० वटा पसलका कुखुरा नष्ट गरिएको छ’ डा खरेलले भने । उनका अनुुसार मयुरी कटेजमा रहेका २६ वटा कुखुरा पनि नष्ट गरिएको छ । कटेजमा थोरै संख्यामा पालिएको कुखुरा तथा हाँस बिरामी भएपछि परीक्षण गर्दा बर्डफ्लु भेटिएको उनले बताए । दुवै स्थानको हाँस तथा कुखुरा प्राविधिक टोलीले नष्ट गरेको थियो ।

यसअघि बर्डफ्लु भेटिएको खैरहनीको सुर्तनीमा बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरी ११ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको जिल्ला पशु कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *