चरम सुख भनेको के हो, र यो कसरी प्राप्त हुन्छ ?

काठमाडौँ । यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताको लागि पनि आवश्यक छ ।

तपाईं र तपाईंकी श्रीमती दुवैमा पर्याप्त यौनचाहना हुनु राम्रो कुरा हो । तपाईंलाई थाहै हुनुपर्छ कि यौनसम्बन्धी हाम्रा चासो र चाहनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । मस्तिष्कको हाइपोथलामस भन्ने सानो अंगले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्दछ ।

यसैगरी अर्को अंग सेरबरेल कर्टेले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई रेकर्ड गर्ने कार्य गर्दछ । यौनसंवेदनशीलता सम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित हुन्छन् ।

मस्तिष्कबाट निस्कने हर्मोनकै प्रभावमा अण्डकोष वा डिम्बाशयले हर्मोन उत्पादन गर्दछ । यस्ता अनेक हर्मोनहरुको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी हाम्रा क्रियाक्लापहरू निर्देशित हुन्छन् ।

यौनसम्पर्कलाई धेरैले शारीरिक सम्पर्क भन्ने गरेको भए पनि यौनक्रियाकलाप वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो ।

मानव यौनप्रतिक्रिया चक्र

मानव यौनप्रतिक्रिया चक्रको कुरा गर्दा मानव शरीर ४ वटा मुख्य चरणहरूबाट गुज्रन्छ । ती हुन्, पहिलो उत्तेजनाको चरण्, दोस्रो प्लाटो चरण, तेस्रो चरमसुखको चरण र चौथो रेजोलुसन चरण । प्रथम चरणलाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरणमा पुग्छ ।

यो चरणलाई पनि निरन्तरता दिइएमा व्यक्ति तेस्रो चरण अर्थात् चरमसुखको चरणमा पुग्छ । यही चरणमा नै वीर्य स्खलन हुन्छ । त्यसपछि बिस्तारै पूर्वावस्थामा नै फकिर्ने चरणलाई रेजुलुसन चरण भन्ने गरिन्छ ।

दोस्रो चरण प्रवेश गरेपछि यस अवधिमा भएको यौनउत्तेजना निरन्तर रुपमा बढाउदै लान सकिएमा एक यस्तो विन्दुमा पुगिन्छ, जसमा पुगेपछि व्यक्ति यौनतनावबाट मुक्त हुन्छ ।

यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । किनभने यस बेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुखको अनुभव गर्दछ । यसैलाई चरमसुख भनिन्छ ।

स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्दहरू यसका लागि प्रयोग हुने गर्दछन् ।

यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र आफै खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरुमा पाठेघर, योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् ।

पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ, हामी त्यसलाई चरमसुख वा चरम (स्वर्गीय) आनन्द भनिन्छ ।

पुरुषहरुको हकमा भने यो चरमसुख पाउने कुरा दुइ चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अङगहरुको खुम्चने, फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ ।

यस अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकोले प्वाइन्ट अफ नो रिर्टन पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिङग तथा पौरुष ग्रन्थको खुम्चने, फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

वीर्य लिङगबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भनिन्छ । यही बेला नै पुरुषहरुले चरम सुख पनि पाउँछन् । डा. राजेन्द्र भद्रा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *