समयमै सडक निर्माण नगर्दा दुई ठेकेदार पक्राउ
२०७४ जेठ १५ गते

“
दाङ, जेठ १० । तोकेको समयमा निर्माणको काम पुरा नगरेको भन्दै दाङमा दुईजना निर्माण व्यवसयी पक्राउ परेका छन् ।
२०७१ सालदेखि निर्माण सुरु भएको घोराही-तुलसीपुरको चार लेन सडक निर्माणको जिम्मा पाएका दुई निर्माण ब्यवसायीलाई बिहीबार पक्राउ गरिएको हो ।
दाङका प्रहरी प्रमुख दुर्गा सिंहका अनुसार घोराहीको सडक र केही पुल निर्माणमा ढिला सुस्ती गरेको भन्दै निर्माण व्यवसायी पदम शर्मालाई घोराहीबाट पक्राउ गरिएको हो ।
त्यसैगरी तुलसीपुर सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायी प्रकाश महतरालाई तुलसीपुरबाट पक्राउ गरिएको सिंहले जानकारी दिइन् ।
उनले अन्य निर्माण व्यवसायीहरुको सूची तयार पारेर खोजीकार्य तीब्र पारिएको जानकारी दिएकी छिन् ।
जिल्लामा निर्माणको काममा ढिला सुस्ती गर्ने ३५ बढी योजनाहरु रहेको पाइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








