दरबारमार्ग सामूहिक बलात्कार काण्डमा संलग्न फरार ३ अभियुक्तविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

“
काठमाडौँ, जेठ १० । दरबारमार्ग सामुहिक बलात्कार काण्डमा संलग्न फरार रहेका ३ अभियुक्तविरुद्ध इन्टरपोलमा डिफ्यिुजन नोटिस जारी भएको छ । चार महिनाअघि दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको हो ।
सामुहिक बलात्कार प्रकरणमा संलग्न अन्य फरार प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।
प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतले दिइसकेको छ ।
यसअघि गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् । उनी सामुहिक बलात्कार हुनुमा फेसबुके बोइफ्रेन्ड शैलेश कार्कीकै हात रहेको बुझिएको थियो ।
“








