आदीवासी जनजातिलाई बाबुरामको मतः सबै उस्तै हुन्, पछाडि पारिएको होइन भन्न मिल्दैन

“
काठमाडौँ, जेठ १० । डा. बाबुराम भट्टराइले नीति तथा कार्यक्रममा संविधान संशोधन छुटेकोमा असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रममाथि छलफलमा बिहीबार भाग लिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले तीन समुदायले इतिहासको कालखण्डमा राज्य गरेको भएतापनि पछिल्लो २०० वर्ष खसहरुको राज्य चलेकाले उनीहरु अगाडि आएको बताउँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
कार्यक्रममा उनले भने, “”सबै उस्तै हुन्, पछाडि पारिएको होइन भन्न मिल्दैन ।”” उनका अनुसार, “”किरात (आदिवासी जनजाति) र मधेसी लगायतका क्लस्टर मिलेर इन्द्रधनुषी राष्ट्रियता बनेको हुनाले विविधता मात्र भनेर नपुग्ने भन्दै संघीयताको बुझाइमा पनि समस्या देखिएको छ ।””
भट्टराईले सरकारको संघीयताको बुझाइमाथि प्रश्न उठाएका छन् । उनले ‘ध्यान नपुर्याउनु भएको कि जानीबुझी संविधानको मर्मविपरित गर्नु भएको हो ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।
उनले सरकारको नीति तथा कार्यक्रम विविधता भनिएपनि बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक भन्ने शब्द नै प्रयोग नभएको भन्दै उनले पछाडि फर्कन खोजेको त होइन भन्ने आशंका व्यक्त गरे ।
पहिचान र अधिकारसहित संघीयतामा जाने भनेर सहमति भएर नै संघीयतामा गएको भन्दै उनले भने, ‘फरक राष्ट्रियताको रुपमा ग्रहण गर्नुपर्छ । यो दस्तावेज हेर्दा पछाडि फर्किएको हो कि भन्ने लाग्छ ।’
सरकारको नीति तथा कार्यक्रममा विविधता भनिएको छ तर, संविधानले भनेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राज्य भन्ने शब्द परेको छैन । संघीय लोकतान्त्रिक गणतन्त्र पनि भनिएको छैन ।
नीति तथा कार्यक्रममा ‘विविधता कुनै थिचोमिचो र आक्रमणको परीणाम होइन, सभ्यता, भाषा, संस्कृति, विकास एवं राष्ट्र निर्माण प्रक्रियामा हाम्रो भूगोल, इतिहास र विकासक्रमले दिएको यथार्थ हो’ भनिएको छ । नयाँ शक्तिका नेता डा। भट्टराईले भने, ‘यो संविधानको मर्म र भावना विपरित छ ।’
“








