महासेठ देखिए सबैभन्दा धनी मन्त्री, थापा रहिन् गरीब

काठमाडौँ, जेष्ठ ९ । वर्तमान केपी ओली नेतृत्वको सरकारका सबैभन्दा धनी मन्त्रीमा रघुवीर महासेठ रहेका छन् । ओली सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरण अनुसार महासेठ सबैभन्दा धनी मन्त्री देखिएका हुन् ।

भौतीक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तीनवटा घर, सात ठाउँमा जग्गा, ५२ तोला सुन, २७ तोला पैतृक र २५ तोला दाइजोबापत प्राप्त भएको सम्पति रहेको जनाइएको छ । त्यसैगरी उनको नाममा ५ वटा विभिन्न कम्पनीमा करोडौंको सेयर लगानी रहेको विवरण पनि सार्वजनिक गरिएको छ ।

ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सरकार बनेको तीन महिना पुगिसकेपछि मात्रै सार्वजनिक भएको हो । यसअघि गत आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

१८ मन्त्रीमध्ये महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा सबैभन्दा गरीब देखिएकी छिन् । मन्त्रि थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *