CMAT गर्नकै लागि काठमाडौँ धाउनु पर्दैन, विराटनगरमा छ स्तरीय संस्था

जेठ ९, विराटनगर । पुर्वाञ्चलको विराटनगरमा अवस्थित एडुमार्क प्रा.लि.ले पुर्वमा CMAT तयारी कक्षा सञ्चालनमा ल्याएसँगै CMAT प्रति विद्यार्थीकाे रूचि बढ्दाे छ । । ABROAD STUDY मा जान चाहने विद्यार्धीहरुलाई सहि परामर्श दिदै आएको एडुमार्क प्रा.लि.ले विगत पाँच वर्ष देखि CMAT तयारी कक्षा सञ्चालन गरिरहेकाे छ ।

राजधानी बाहिर बिरलै मात्र CMAT तयारी कक्षा हुने गरेको छ । पूर्वका विद्यार्थीलाई लक्षित गरि CMAT तयारी कक्षा सञ्चालन गरिएको एडुमार्कका म्यानेजिङ डाइरेक्टर रबिकुमार गुप्ताले जानकारी दिए । एडुमार्कले CMAT कक्षा सञ्चालन गरेसँगै CMAT तयारीका लागि विद्यार्थीले राजधानी धाउनुपर्ने झन्झट हटेको छ । पूर्वमा  CMAT गर्ने विद्यार्थीहरू मध्ये अधिकांश एडुमार्कबाट पास हुने गरेका छन् ।

पुर्वमा सहि तथा भरपर्दो करियर काउन्सेलिङ गर्ने शैक्षिक संस्थाको अभाव हुँदा अधिकांश विद्यार्थीहरु १२ पास गरिसकेपछि Abroad Study Preparation र CMAT तयारीका लागि काठमाडौँ जाने गरेका छन् ।

 

‘विद्यार्थीले CMAT तयारीका लागि राजधानी नै जानुपर्ने अवस्था छैन, हामीले पाँच वर्षयता अनुभबी शिक्षकहरुबाट CMAT तयारी कक्षा सञ्चालन गरिरहेका छौं ।’ म्यानेजिङ डाइरेक्टर गुप्ताले भने । उनका अनुसार, काठमाडौँमा पाइने Quality Education विराटनगरको एडुमार्कमै पाइने भएकोले विद्यार्थीको रोजाइँमा एडुमाकपर्न सफल भएको छ ।

एडुमार्क प्रालिले विगत ६ वर्षदेखि पुर्वको विराटनगरमा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई काउन्सेलिङ गर्दै आईरहेको छ । एडुमार्क विशेष गरी भारतमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलार्इ करियर काउन्सेलिङ गर्दै अार्इरहेकाे छ ।

यसका साथै अष्ट्रेलिया, डेनमार्क, युरोपियन देशका विश्वविद्यालयहरुसँग प्रत्यक्ष समन्वय गरिरहेको छ । भने, CMAT Preparation मा समेत उत्कृष्ट नतिजा दिन सफल भएको छ । एडुमार्कले प्रदेश नं. १ का विभिन्न जिल्ला तथा प्रदेश २ का ५ जिल्लाका विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको एडुमार्कले CMAT Preparation मा पनि उत्कृष्ट सेवा प्रदान गर्ने बताएको छ । विद्यार्थीहरुलाई सरल तरिकाले बुझाई पढाउँदै आइरहेको एडुमार्कले टाढाबाट आउने विद्यार्थीहरुलाई छात्र तथा छात्रावासको समेत व्यवस्था गर्दै आइरहेको छ ।

कक्षा १२ पछिका उच्च शिक्षामा नेपालका विभिन्न कलेजहरुमा एडुमार्कबाट तयारी कक्षा लिएर गएका विद्यार्थीहरुले उत्कृष्ठ नतिजा निकालेको संस्थाको दावि छ । पूर्वमा सबैभन्दा धेरै विद्यार्थीलार्इ CMAT Preparation  गराउने संस्थाका रूपमा एडुमार्क रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *