सन्दीप बने टाटा ब्रान्ड एम्बेसेडर, साथमा कार उपहार

काठमाडौं, जेठ, ९ । टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले करोडौँ मानिसको मन जितेका युवा क्रिकेटर सन्दिप लामिछानेलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

साथै कम्पनीले उनलाई कार उपहार पनि दिने घोषणा गरेको छ । कारको सबै मूल्य कम्पनीले नै व्यहोर्नेछ ।

आएपिएलमा अब्बल खेल देखाएर विश्वभर चर्चा कमाएका १७ वर्षिय युवा क्रिकेटर सन्दीप लामिछानेले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । आइपिएल खेलेर स्वदेश फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् ।

दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेल खेलेका सन्दिपले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिएका थिए । उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *