इटहरीमा बस दुर्घटना हुँदा एक को मृत्यु, १८ जना घाइते
२०७४ जेठ १५ गते

“
सुनसरी, जेठ ९ । सुनसरीको इटहरी उपमहानगरपालिकाको आँपगाछीमा बस दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने चालकदलसहित १८ जना घाइते भएका छन् ।
लहानबाट धरान आउँदै गरेको ना ४ ख ४२५८ नं को बस दुर्घटना हुँदा इटहरी तरहरा सडक विभागमा कार्यरत साइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेको विवरण भने खुल्न बाँकी छ । घटनास्थल तथा दुर्घटना हुनुको कारणबारे छानविन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








