छानविन समितीःकाठमाडौं गौरीघाटबाटै पक्राउ परेका हुन् नाइके गोरे

काठमाडौँ, जेठ ८ । सुन तस्करीका मुख्य नाइके गोरे काठमाडौँको गौरीघाटबाट पक्राउ परेका छन् । ३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंबाट पक्राउ गरिएको छानविन समितिले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *