प्रधानमन्त्रीद्धारा जापानी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

 काठमाडौं, जेठ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । आफ्नो चारवर्षे कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि जापानी राजदूत मासासी ओगावामार्फत् उहाँले निमन्त्रणा गर्नुभएको हो ।

राजदूत ओगावाले सोमबार साँझ प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गर्नुभएको थियो । उहाँ आज स्वदेश फर्किंदै हुनुहुन्छ । भेटमा प्रधानमन्त्री ओलीले गएको ११ वर्षदेखि नेपाल र जापानबीचमा उच्चस्तरीय भ्रमण हुन नसकेको उल्लेख गर्दै यथासम्भव छिटो नेपाल भ्रमणका लागि जापानी प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *