विद्यालयलाई बालमैत्री तथा अपांगमैत्री बनाइने

काठमाडौँ, जेठ ७ । राष्ट्रपति भण्डारीले बालबालिका भर्ना अभियान व्यापक बनाउने बताएकी छिन् । सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले सबै विद्यालय अपांगमैत्री तथा बालमैत्री बनाउने घोषणा गरेको हो ।

बालबालिका भर्ना अभियान अग्र स्थानमा हुनेछ । त्यस्तै विद्यालय छोड्ने विद्यार्थीहरुको कारण पहिचान गरी समस्या हल गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । घोषणामा विद्यालय शिक्षाको पाठ्यक्रममा राष्ट्रियता झल्काउने खालको हुने समेत उल्लेख गरिएको छ ।

साथै उनले पर्यटन पूर्वाधार निर्माण तथा विकासमा जोड दिने बताएकी छिन् । नेपालको हवाई उड्डयन क्षेत्र, अन्य विमानस्थलको संरक्षण, लगायत राष्ट्रिय सम्पदाहरुको संरक्षणका निम्ति असुरक्षित स्थानमा रहेका भवन निर्माणको मापदण्ड तयार गरिने छ ।

यस्तै साथै विकासका पूर्वाधारहरुको अवलोकन तथा नीति तर्जुमा गरी  गाउँ र सहरबीचको अन्तर कम गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *